Logo

लुम्बिनी भ्रमणलाई मोदीले दिए निकै महत्व, जारी गरे वक्तव्य



काठमाडौं, १ जेठ । लुम्बिनी भ्रमणलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निकै महत्व दिएका छन् । उनले बुद्ध पूर्णिमाको दिन भोलि गर्ने भ्रमणको पूर्व सन्ध्यामा वक्तव्य जारी गरी नेपालसँग भारतको सम्बन्धलाई अतुलनीय भनेका छन् ।

भारत र नेपालबीच पौराणिक सभ्यता देखि जनस्तरको सम्बन्ध र सम्पर्क समेत रहँदै आएको मोदीको वक्तव्यमा भनिएको छ । उनले भनेका छन्,‘नेपालसँग हाम्रो सम्बन्ध अतुलनीय छ । भारत र नेपालबीच पौराणिक सभ्यता देखि नै जनस्तरको सम्बन्ध र सम्पर्क रहँदै आएको छ ।’

आफ्नो भ्रमणले दुई देशबीचको शताब्दीयौं देखि झाङ्गिदै आएको सम्बन्धलाई थप गहिरो बनाउने आशा व्यक्त गरेका छन् । मोदीले भ्रमणका बेला मायादेवी दर्शन गर्ने भन्दै त्यसका लागि निकै इच्छुक भएको बताएका छन् ।

मोदीले लुम्बिनीमै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्ने समेत बताएका छन् । देउवासँग गत महिना उपलब्धिमूलक छलफल भएको र फेरि भेट्न आफू आतुर भएको बताएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्