Logo

एमालेले निर्वाचनको अन्तिम परीणाम कुर्ने धैर्यता नराखेको गगन थापाको आरोप



काठमाडौं, १ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेले मतदाताको अभिमतको अवूमल्यन गरेको टिप्पणी गरेका छन् । आज (आइतबार) एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तीलगत्तै थापाले पनि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा बाहिर ल्याएका हुन् ।

उनले एमालेले निर्वाचनको अन्तिम परीणाम कुर्नेसमेत धैर्यता नराखेको आरोप लगाएका छन् । उनले लेखेका छन्-“मतदानसम्म ठिक,मतगणनाको प्रारम्भमा पनि ठिक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्यता नराखी नेकपा (एमाले)ले सिङ्गो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो।’



प्रतिक्रिया दिनुहोस्