भोजपुर, १ जेठ । भोजपुर नगरपालिका–५ को वडाध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार फबिन्द्र प्रधान विजयी भएका छन् । पछिल्लो मतगणना अनुसार प्रधानले ७१५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारले ५७४ मत प्राप्त गरेका छन् ।
कषि,शिक्षा, स्वास्थ्य, असल शासन र पुर्वाधार, सन्तुलित विकासलाई आफ्नो एजेण्डा बनाएर प्रधान स्थानीय चुनावमा होमिएका थिए । सामाजिक संघसंस्थामा सक्रिय उनी जनताको समस्यालाई आफुले नजिकबाट नियालेको बताउँछन् ।
प्रधानसँग भ्रष्टाचार विरोधी अभियान असन शासनको अध्यक्ष, उद्योग वाणिज्य संघ कार्यसमितिको सदस्य भएर काम गरेको अनुभव छ ।