काठमाडौं, २ जेठ । नेपाल र भारतबीच अरुण चौंथो अर्धजलासययुक्त जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्ने सम्झौता भएको छ । आज नेपालका तर्फबाट नेपाल विद्युत प्राधिकरण र भारतका तर्फबाट सतलज जलविद्युत निगमबीच सम्झौता भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्राधिकरणका निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष नन्दलाल शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो आयोजना ४९० मेगावाटको हो ।
अरुण चौंथोबाट नेपालले मासिक २१.९ प्रतिशत विजुली निःशुल्क पाउने सम्झौतामा उल्लेख छ । यसअघि ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना पनि भारतीय कम्पनी सतलजले नै निर्माण गरिरहेको छ ।