Logo

लुम्बिनी–कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति



काठमाडौं, २ जेठ । भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीबीच नेपालको लुम्बिनी र भारतको कुशीनगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति भएको छ । ६ घण्टाको लागि नेपालको लुम्बिनी भ्रमणका रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच यस्तो सहमति भएको हो ।

आज (सोमबार) लुम्बिनीमा भएको भेटवार्तामा यस्तो सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मोदी आज बिहान लुम्बिनी आएका हुन्। उनले मायादेवी मन्दिरमा पूजाअर्चनासमेत गरेका छन्।



प्रतिक्रिया दिनुहोस्