काठमाडौं, ३ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्र सहकार्यको मर्म अनुसार काम नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले भने, “अहिले सबै परिणाम आइसकेको छैन । तर जनस्तरसम्म सहकार्य विकास नभइसकेको देखिएको छ । जम्मा १३, १४ प्रतिशत ठाउँमा सहकार्य भएको हो । कतिपय ठाउँमा सहकार्यको मर्म अनुसार भएको देखिँदैन । अहिलेसम्म सहकार्य भएको अवस्था हो ।”
जहाँसम्म रेनुले हार्नुभयो भने के हुन्छ भन्ने प्रश्न हो, “त्यो त्यही बेलाको परिस्थितिले बताउने कुरा हो । निर्वाचनपछि समीक्षा होला ।
आजबाट बजेट अधिवेशन चल्ने आधार के छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, अब बजेट अधिवेशन चलाउनुको विकल्प छैन । विगतमा एमालेले अवरोध गरिरहेको थियो । कुनै पनि कोणबाट उहाँहरुले उठाएको विषयको औचित्य पुष्टि हुने देखिँदैन । उसको माग कानुन र संविधानसम्मत छैन । संविधानबाहिर गएर सहमति गर्न सकिँदैन । कि त संविधान नै मान्दिन भन्नुपर्यो ।”