काठमाडौं, ३ जेठ । आज दिउँसो प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वान
सम्बन्धि राष्ट्रपतिको पत्र पढेर सुनाउने कार्यसुची रहेको छ ।
त्यस्तै सापकोटाले आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धि पत्रहरुको व्यहोरा पढेर सुनाउने पनि कार्यसुची रहेको छ । प्रतिनिधि सभाको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्ने, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ ।