काठमाडौं, ३ जेठ । स्थानीय निर्वाचनमा नेपाली काँग्रेस १३६ पालिकामा विजयी भइसकेको छ । काँग्रेसले १७२ पालिकामा अग्रता बनाइरहेको छ ।
काँग्रेस स्थानीय चुनावमा पहिलो दल बन्ने निश्चितप्रायः भएको छ । काँग्रेसले विराटनगर र ललितपुर महानगरपालिकामा पनि फराकिलो अग्रता बनाइरहेको छ ।
नेकपा एमालेले ९० पालिका जित्दा १०१ मा अग्रता बनाइरहेको छ । एमाले दोस्रो बन्ने निश्चितप्रायः भइसकेको छ । यसअघिको स्थानीय चुनावमा एमाले पहिलो पार्टी बनेको थियो ।
माओवादी केन्द्रले ६५ पालिका जित्दा ५२ मा अग्रता बनाइरहेको छ । माओवादीलाई गठबन्धनबाट लाभ मिलेको देखिन्छ ।
एमालेबाट फुटेर बनेको नेकपा एसले ४ मा जीत र १५ मा अग्रता बनाइरहेको छ । जसपाले ३ जीत र २९ मा अग्रता बनाएको छ । लोसपा ११ पालिकामा अगाडि छ ।
स्वतन्त्र र अन्य पार्टीहरुले ८ जीत र २४ मा अग्रता बनाउन सकेका छन् ।