Logo

वीरगञ्ज महानगरमा प्रमुख र उपप्रमुखमा गठबन्धनको दोब्बर मतको अग्रता



वीरगञ्ज, ४ जेठ । देशभर यतिबेला गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनको मतगणना जारी छ । वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टी नेपालका राजेशमान सिंहले ६ हजार ३६० मतान्तरले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका साझा उम्मेदवार सिंहले ११ हजार ९९५ मत ल्याएका छन् भने उनलाई पछुयाउदै नेकपा एमालेका विजयकुमार सरावगीले ५ हजार ६३५ मत प्राप्त गरेका छन् ।

राप्रपाका गिरीश गिरीले ४५९ मत ल्याएका छन् । यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले ८ हजार ४७२ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई पछ्याउदै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका पुरुषोत्तमलाल झा ले १ हजार ४०७ मत प्राप्त गरेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले ९७१ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्