Logo

सहुलियत दरमा इन्धन उपलब्ध गराउन प्रदिप पौडेलको माग



काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारसँग कर कटौती गरेर सहुलियत दरमा इन्धन उपलब्ध गराउन माग गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत पौडेलले इन्धन करमा केही कटौती गरेरै भए पनि तत्काललाई सहुलियत दरमा इन्धन उपलब्ध गराउन सरकारसँग माग गरेका हुन्। मूल्यवृद्धी नियन्त्रण गर्न सरकारको ध्यान जान जरूरी रहेको उनको भनाइ छ।

इन्धनको मूल्यवृद्धीसँगै सार्वजनिक सवारीदेखि ढुवानी भाडा र उपभोग्यदेखि निर्माण सामग्रीसम्मको मूल्य अकाशिदा आम नागरिकहरु थप पीडित बन्ने उनले बताएका छन्।

‘इन्धनको मूल्यवृद्धीसँगै सार्वजनिक सवारीदेखि ढुवानी भाडा र उपभोग्यदेखि निर्माण सामग्रीसम्मको मूल्य अकाशिन्छ। यसबाट आम नागरिकहरु थप पीडित बन्ने छन्,’ पौडेलले ट्विटरमा लेखेका छन्,‘इन्धन करमा केही कटौती गरेरै भए पनि तत्काललाई सहुलियत दरमा इन्धन उपलव्ध गराउनु पर्छ। मूल्यवृद्धी नियन्त्रण गर्न सरकारको ध्यान जान जरूरी छ।’

हाल पेट्रोलमा नेपाल सरकारले ६३ रुपैयाँ हाराहारीमा कर उठाइरहेको छ। त्यसमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क समेटिन्छ।



प्रतिक्रिया दिनुहोस्