रौतहट, १० जेठ : बौधीमाई नगरपालिकाकाे मेयर र उपमेयरमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विजयी भएका छन् ।
रौतहटको बौधीमाई नगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रदीप यादव र उपमेयरमा प्रमिला देवी निर्वाचित भएकी हुन् ।
निवर्तमान मेयर एवं जनता समाजवादीबाट मेयरका उम्मेदवार राजीव रन्जन यादवलाई पराजित गर्दै एकीकृत समाजवादीका यादव विजयी भएका हुन् ।
यादवले एक सय ८६ मत मतान्तरले जित हासिल गरेका छन् । यादव चार हजार आठ सय १० मत ल्याएर विजयी भए ।
यस्तै, उपमेयरमा नेकपा एसकी प्रमिला देवीले चार हजार आठ सय ९४ मत प्रात गरेकी छिन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी सीमा नेसाले चार हजार चार सय ८१ मत ल्याएकी छिन् ।
यो सँगै नेकपा समाजवादीबाट उम्मेदवारी दिएका जनप्रतिनिधिहरूले जिल्लाको चार पालिकामा जित हासिल गरेका छन् ।