Logo

मतगणना नसकिदै काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोल विजयी



काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकाको उपप्रमुखमा सुनिता डंगोल भारी मतले विजयी भएकी छिन् । महानगरपालिकाको मतगणना नसकिदै नेकपा एमालेबाट उम्मेदवार बनेकी डंगोल विजयी भएकी छिन् ।

काठमाडौं महानगरमा १ लाख ६६ मत गणना हुँदा डंगोलले ६० हजार ६७५ मत ल्याएकी छिन् । भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मत मात्र प्राप्त गरेका छन् । अब २४ हजार ७७८ मत मात्र गणना हुन बाँकी रहेको छ । डंगोलले ३९ हजार ९८९ मतले मतान्तर लिएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्