काठमाडौं, १३ जेठ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरका जनताले बालेन्द्र साहलाई जिताएर दलहरुलाई बदलिन सन्देश दिएको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत शर्माले जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु सबैको कर्तव्य भएको टिप्पणी गरेका छन् ।
‘बदलिएको समय अनुरुप आफुलाई बदल्नु हामी राजनैतिक दल, नेतृत्व, व्यक्ति, प्रवृत्ति र पद्धति सबैको जिम्मेवारी हो । काठमाडौं महानगरमा बालेनको विजयले हामीलाई यसका लागि जबर्जस्त दबाब सकरात्मक ढंगले दिएको छ ।’ उनले लेखेका छन्,‘मुख्य दलको शैली र प्रस्तुतिप्रति असन्तुष्ट मतदाताले यद्यपि वैकल्पिक राजनीतिको नारा र दल रोजेनन् अवस्था प्रति रुष्ट मतदाताले व्यवस्था कै विकल्प खोज्न चाहनेलाई खोजेनन् । नत्र वैकल्पिक राजनीतिको नारासहितको दल र उम्मेदवारको उपस्थिति मैदानमा थियो अनि व्यवस्थाकै विकल्पको नारासुहितको दल र उम्मेदवार पनि मैदानमा थिए ’