Logo

सर्वाधिक मतले निर्वाचित सुनिता डंगोलले दिइन् मतदातालाई धन्यवाद



काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वाचित भएको औपचारिक घोषणापछि सुनिता डंगोलले मतदातालाई धन्यवाद दिएकी छिन् ।

एक विज्ञप्ती जारी गर्दै नेकपा एमालेबाट उम्मेदवार बनेकी डंगोलले मतदाताले दिएको मतलाई आफुले अठोट पुरा गर्ने बलियो सहाराको रुपमा लिएको बताएकी हुन् ।

नवनिर्वाचित उपमेयर डंगोलले ५ वर्षे कार्यकालमा इमान्दारिताका साथ कर्तव्यनिष्ठभई पुरा गर्ने समेत प्रतिवद्धता गरेकी छिन् । डंगोल सर्वाधिक मत ६८ हजार बढी ल्याएर विजयी भएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्