काठमाडौं, १३ जेठ । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय सम्राट नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ।
गुल्मी घर भएका नेपाली मामाघर बसेर भगवती आधारभुत विद्यालयमा कक्षा २ मा पढ्दै आएका थिए ।
खेल्न गएका बालकलाई चितुवाले आक्रमण गरेको थियो । उनलाई घरभन्दा १ किलोमिटर टाढा चितुवाले मारेको प्रहरीले जनाएको छ ।