काठमाडौं, १५ जेठ । पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहिन भएको छ ।
आइतबार ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान सम्पर्कविहिन भएको र कुनै खबर नआएको नागरिक उड््ययन प्राधिकरणले जनाएको छ ।
चालक दलका ३ सदस्य सहित १९ जना यात्रु बोकेको विमान उडेको केही बेरमा नै राडारको सम्पर्कमा नभएको बताइएको छ। अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । जहाजका पाइलट प्रभाकर घिमिरे हुन् ।
१० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड गर्नुपर्ने जहाज मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ।