काठमाडौं, १५ जेठ । आज बिहान सम्पर्क विहिन भएको तारा एयरको जहाज मुस्ताङको घाँसामा खसेको आशंका गरिएको छ ।
घाँसाका स्थानीयवासिन्दाले ठुलो आवाज आएको र आगो बलेको देखिएको खबर गरेपछि विमान खोजीको टोली उतै केन्द्रीत भएको हो ।
पोखराबाट जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहिन भएको हो । आइतबार ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान सम्पर्कविहिन भएको कुनै खबर नआएको नागरिक उड््ययन प्राधिकरणले जनाएको छ ।
१९ जना यात्रु बोकेको विमान उडेको केही बेरमा नै राडारको सम्पर्कमा नभएको बताइएको छ। जहाजका पाइलट प्रभाकर घिमिरे हुन् ।