काठमाडौं, १५ जेठ । आज संघीय संसद सचिवालयमा यौन हिंसाको उजुरी दिने हदम्याद बढाउन विधेयक दर्ता गरिएको छ ।
यौन हिंसाको मुद्दामा हदम्याद बढाउने सम्बन्धि कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले सचिवालयमा दर्ता गरेका हुन् ।
यौन दुव्यवहारका पीडितले जाहेरी दिने हदम्याद नराख्न आग्रह गरिरहेका छन् । तर, सरकारले भने कानुनलाई संशोधन गरेर हदम्यादको समय बढाउने गरी विधेयक ल्याउन लागेको बुझिएको छ ।