काठमाडौं, १६ जेठ । संसदको चुनावमा पनि तालमेल गर्ने गरी सत्ता गठबन्धन अगाडि बढेको छ । आज बसेको गठबन्धनको शिर्ष नेताहरुको बैठकले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल र सहमति गर्ने निर्णय गरेको छ ।
गठबन्धनले पालिकाको कमिटी र जिल्ला समन्वय समितिको निर्वाचनमा तालमेल गर्न पाँच दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन दिने निर्णय गरेको हो । योसँगै गठबन्धनले आगामी चुनावसम्म पनि तालमेल गर्ने संकेत गरेको छ ।
बैठकमा स्थनीय निकाय निर्वाचनको गहिरो समिक्षा भएको थियो । तालमेलमा त्रुटी हुँदा ५० भन्दा बढी पालिका हार्नु परेको विषय पनि उठेको थियो । विशेषगरी नेकपा माओवादी केन्द्र र नेकपा एसले तालमेल भएका स्थानमा आफूहरुलाई धोका भएको विषय उठाएको बुझिएको छ ।