काठमाडौं, १७ जेठ । एआईजी विश्वराज पोखरेलले दर्ता गरेको रिट आज इजलासमा ‘हेर्न नमिल्ने’मा राखिएको छ ।
आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट र डिआईजीको बढुवाविरुद्धको रिट निवेदनसँगै राखिएपछि आज रिट हेर्न नमिल्ने भएको हो ।
तत्कालिन डिआईजीहरु धिरज प्रताप सिंह, रविन्द्र धानुकको एआईजीमा बढुवाविरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए । उक्त रिट र पोखरेलले दिएको रिट एकै इजलासमा राखिएको हो ।
आज मुद्दाको सुनुवाईको पेशी चुडाल र विश्वम्भर प्रसाद श्रेष्ठको संयुक्त इजलासमा तोकिएको थियो । पोखरेलले साउन २० गते अवकाश पाउँदै छन् ।