काठमाडौं, १८ जेठ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले गत बैशाख ३० गते भएको स्थानीय चुनावमा निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टी दिने भएको छ ।
केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई कुपण्डोलको पाँचतारे होटल हिमालयमा आज बेलुकी ७ देखि ९ बजेसम्म पार्टी आयोजना गरेको हो ।
माओवादीले अहिले कुमारी हलमा आफ्नो निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरणको क्रममा हिमालय होटलमा पार्टी आयोजना गरिएको जानकारी दिइएको हो । अभिमुखीकरणमा देशभरका माओवादी जनप्रतिनिधिहरु उपस्थित छन् ।
आज र भोलिसम्म चल्ने अभिमुखीकरण (प्रशिक्षण)मा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी रहको छ।