काठमाडौं, १८ जेठ । नेकपा एमाले कास्कीले पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार कृष्ण थापालाई हराउन सहयोग गरेको भन्दै आफ्ना तीन कार्यकर्तालाई कारवाही गरेको छ ।
गठबन्धनका उम्मेदवार धनराज आचार्यको पक्षमा अभियान नै चलाएको आरोपमा पार्टीले ३ जनालाई कारबाही अघि बढाएको हो ।
मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्यलाई पार्टीले कारबाही गरेको हो । पहारीले आचार्यलाई जिताउन टेलिफोनमा पैसाका समेत लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो । उनलाई संगठित सदस्यबाट निलम्बन गरेको छ ।
भने पोखरा ३३ वडाका उपाध्यक्ष समेत रहेका महेश अर्याललाई पद र संगठित सदस्यबाट समेत निलम्बन गरिएको छ। त्यस्तै, वडा ३३ का प्रशान्त आचार्यलाई निलम्बन गरिएको हो ।