काठमाडौं, १८ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ फर्काएका छन् । प्रचण्डले आज कांग्रेसले धेरै दम्भ देखाए एमालेको हालत बनाईदिने चेतावनी दिएका थिए ।
दाहालको उक्त अभिव्यक्ति आएपछि कांग्रेस नेता पौडेलले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन् । उनले इतिहामा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको स्मरण गराएका छन् ।
प्रचण्डको टिव्टर एकाउन्ट उद्धृत गर्दै पौडेलले कांग्रेस हार व्यहोर्न तयार रहेको तर जनता र न्यायको पक्षमा लड्न नछाड्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ । त्यसैले हामी हार व्यहोर्न तयार छौं तर राष्ट्र , जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं ।’
प्रचण्डले दिए कांग्रेसलाई ठेगान लगाउने चेतावनी (भिडिओसहित)