काठमाडौं, १९ जेठ । बतास समुहलाई पशुपति धर्मशालामा होटल चलाउन दिने अन्तरकालिन आदेश बदर भएको छ ।
काठमाडौं जिल्ला अदालतले बतास समुहको पक्षमा दिएको अन्तरकालिन आदेश न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बदर गरेको हो ।
चैत्र २५ गते नेपाल–भारत मैत्री पशुपति धर्मशालामा आनन्द बतासले सञ्चालन गरिरहेको हाटेलेको पक्षमा अन्तरकालीन आदेश दिएको थियो ।
न्यायाधीश पोखरलेको एकल इजलासले कोष र बतास समुहबीचको करार भंग भइसकेकोले पुनः होटल सञ्चालन गर्न दिनु कानुन बमोजिम नहुने भन्दै अन्तरकालिन आदेश बदर गरिदिएको हो ।