Logo

बाग्मती प्रदेशसभा बैठक पुनः सुचारु



काठमाडौं, १९ जेठ । नेकपा एमालेका सांसदहरुले विरोध जनाएपछि अवरुद्ध बाग्मती प्रदेशसभाको बैठक पुनः सुचारु भएको छ । नेकपा एमालेले अवरोध गरेपछि अवरुद्ध भएको बैठक २ घण्टा पछि पुनः सुचारु भएको हो ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेले विरोध जनाउँदै अवरोध गरेको हो ।

एमाले बाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दिपक निरौलाले संसदीय छानबिन समिति गठन गर्न माग गरेका थिए । सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दिपक निरौलालाई आफ्नो भनाई राख्न समय दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्