काठमाडौं, जेठ २०। नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ । बिहीबार राति भएको अभ्यास खेलमा नेपाल नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको हो ।
जीतको लागि १ सय ९१ रनको समान्य लक्ष्य पछ्याएको स्टार्सले ३३.५ ओभरमा ६ विकेट गुमाउँदै सहजै लक्ष्य भेट्टायो । अल स्टार्सलाई जीत दिलाउन विपुल शर्माले अर्धसतक पूरा गरे । उनले ५१ बलमा ५० रन बनाए । यस्तै एन्ड्रीज गौसले ४५ र गौरभ बजाजले ४० रनको योगदान गरे ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४९ रन दिएर ५ विकेट लिए । किशोर महतोले २ ओभरमा १४ रन दिएर १ विकेट लिए ।
यसअघि अमेरिकाको ह्युस्टनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५।५ ओभरमा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो । नेपाललाई सम्मानजनक स्कोरमा पुर्याउन असिफ शेखले अर्धसतक पूरा गरे । उनी ७४ बलमा ६० रन बनाउँदै अवजित रहे । विनोद भण्डारीले २६ रन बनाउँदा करण केसीले २१ रन जोडे ।
नेपाललाई सामान्य स्कोरमा रोक्न स्टार्सको लागि मार्टिन कैनले ३ विकेट लिँदा मोहम्मद इलायस र अदिल भाटीले २र२ विकेट लिए । विपुल शर्मा र हरम्रित सिंहको नाममा १र१ विकेट रह्यो । अब नेपालले दोस्रो अभ्यास खेल ह्युस्टन हुरिकेन्ससँग खेल्नेछ ।