Logo

राष्ट्रिय सभाको बैठकमा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुँदै



काठमाडौं, २० जेठ । राष्ट्रियसभामा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भइरहेको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा पछिल्लो समयमा भएको मुल्यवृद्धि न्युनकिरणका लागि पहल गर्न प्रस्ताव दर्ता भई सदनमा पेश भएको हो ।

सार्वजनिक महत्वको प्रस्तावमा प्रस्तावक देवेन्द्र दाहाल हुन भने भैरवबहादुर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखरकुमार सिंह समर्थक भई प्रस्ताव दर्ता गरिएको हो ।

खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका अत्यावश्यक वस्तु सेवाको मुल्यवृद्धिले पारेको असर न्युनिकरणका लागि मुल्य घटाउन पहल गरियो् भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको हो ।

अहिले जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्