काठमाडौं, २२ जेठ । अछाममा १६ वर्षीय किशोर विनोद शाहीको हत्याराको खोजी गर्न कुुकुरको प्रयोग गरिएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान कुच्चीका शाहीको हत्यारा पत्ता लगाउन प्रहरीले तालिम प्राप्त कुकुरको सहयोग लिएको हो ।
शनिबार घटनाको छानबिनको माग गर्दै आफन्तले इलाका प्रहरी कार्यालय घेराबन्दी गर्दै प्रदर्शनमा उत्रेका थिए । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै हवाई फायर समेत गरेको थियो । शाही पाँच दिनदेखि वेपत्ता भएका थिए ।
१० कक्षामा अध्ययनरत शाहीको शव घर नजिकैको जंगलमा फेला परेको थियो । गत स्थानीय तहको निर्वाचनको विषयमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झगडा भएपछि उनी बेपत्ता भएको बुझिएको छ।