Logo

निर्वाचन अघि नै लोसपा सरकारमा जाला त



काठमाडौं, २२ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको राष्ट्रिय कार्यकारिणी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा, आगामी सङ्घीय र प्रदेश संसद्को निर्वाचनमा कुन दलसँग तालमेल गर्ने र सरकार– लोसपा सम्बन्ध कस्तो राख्नेलगायत एजेन्डामा छलफल हुने बताईएको छ ।

बैठकमा निर्वाचनबारे जिल्ला जिल्लाबाट रिर्पोटिङ भइरहेको छ । बैठक हिजो (शानिबार) देखि सुरु भएको हो । लोसपा अध्यक्ष महन्थ ठाकुरले बैठकमा बोल्दै शनिबार स्थानीय निर्वाचन निष्पक्ष नभएको आरोप लगाएका थिए । पार्टीले सन्तोषजनक परिणाम निर्वाचनमा ल्याउन नसक्नुको कारण एकातिर निष्पक्ष निर्वाचन भएको र र पार्टी संगठन विस्तार गर्न कोरोनाका कारण सम्भव नभएको बताएका थिए ।

उनी नेतृत्वको लोसपा सरकारमा जाने चर्चा पनि चल्दै आएको छ । स्थानीय तहमा ठूलो भएको दल नेपाली कांग्रेससँग ‘लोकतान्त्रिक गठबन्धन’ बनाउन लोसपाले चाहेको छ । हिजो केन्द्रीय कार्यकारिणी समितिको बैठक चल्दै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्ष महन्थ ठाकुरलाई बालुवाटार बोलाएर छलफल गरेका थिए ।

उक्त छलफलको लागि अध्यक्ष ठाकुर एक्लै बालुवाटार पुगेका थिए । पछिल्लो समय प्रधानमन्त्री देउवाले लोसपालाई पनि सरकारमा सामेल गराउनेगरि गृहकार्य थालेका छन् । आगामी प्रतिनिधिभाको निर्वाचन अघि नै लोसपा सरकारमा जानेबारे चर्चा चलेको छ । तर, लोसपाले भने अहिले सरकारमा सहभागी हुने विषयलाई प्राथमिकतामा नराखेको कतिपय नेताहरुको दाबी छ । file photo



प्रतिक्रिया दिनुहोस्