काठमाडौंं, २२ जेठ । सरकारले नागरिकता विद्येयक अघि बढाउने तयारी गरेको छ । यसको लागि गृहमन्त्री बालकृष्ण खाँणले सक्रियता बढाएका छन् ।
हिजोमात्रै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग यो विषयमा छलफल गरेको बुझिएको छ ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गतेदेखि संसदमा छ ।
उक्त विद्येयक अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दीले प्रमुख दलका शीर्ष नेताहरुँगको भेटवार्ता बाक्लो बनाएका छन् ।
जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुले पनि तत्काल यो विद्येयक अघि बढाउन भनिरहेका छन् ।
गृहमन्त्री खाँणले भने सबै सरोकारवालाहरुसँगको छलफलपछि मात्रै यसलाई अघि बढाउने तयारी गरेका छन् । file photo