काठमाडौं, २२ जेठ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआर्टीका बिजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ ।
विर्तामोड झापाको होटल किग्सबेरी मा गत जेठ २१ गते सम्पन्न गरिएको एमडीआर्टी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, ब्लेजर कोट र सम्मान पत्रबाट सम्मान गरेका थिए।
भारतका बरिष्ठ प्रशिक्षक प्रभु देसाईले कार्यक्रममा उपस्थित करिब १५० जना विजेता अभिकर्ताहरुलाई MDRT/COT/TOT जस्ता उत्कृष्ट टाईटल कसरी हासिल गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएका थिए ।
अमेरिकामा केन्द्रीय कार्यालय रहेको अभिकर्ताहरुको प्रतिष्ठित संस्था MDRT (Million Dollar Round Table) मा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.बाट ४ जना COT सहित १५७ जना अभिकर्ताहरु MDRT का लागि योग्य भएका थिए ।