काठमाडौं, जेठ २३ । नेकपा (माओवादी केन्द्र)ले पार्टी सदस्यबाट वार्षिक एक सय रुपैयाँ लेबी उठाउने निर्णय गरेको हो । कुल ८ लाख पार्टी सदस्यबाट प्रति सदस्य एक सय रुपियाँको दरले लेबी उठाउँदा वार्षिक रूपमा कुल ८ करोड रूपियाँ जम्मा हुने भएको छ ।
आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति बैठकले पार्टी कार्यालय सञ्चालनदेखि पार्टीका महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन गर्न वार्षिक एक सय रुपैयाँ लेबी उठाउने निर्णय गरेको हो ।