काठमाडौं, २३ जेठ । काठमाडौं महानगरपालिका–१६ मा धेरै दिनदेखि थुप्रिएको फोहोर उठाउन थालिएको छ । फोहोर नउठ्दा शहर नै गन्हाउन थालेपछि वडाको सक्रियतामा फोहोर उठाउन थालिएको हो ।
वडाले आज बालाजुदेखि सोह्रखुट्टेसम्मका मुख्य सडकमा थुप्रिएको फोहोर उठाएको हो । वडाले आज लगभग ९/१० गाडी फोहोर उठाएको छ। फोहोरलाई वडाकै केही स्थानमा व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।
वडाध्यक्षसहित जनप्रनिनिधिहरुले स्थानीय राजनीतिक दलका प्रतिनिधिसाग छलफल गरेर फोहोर व्यवस्थापन गरेका हुन् । १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजाल हुन् ।