Logo

यौन हिंसाको विषय पाठ्यपुस्तकमा समावेश गर्नु आवश्यक छ : गृहमन्त्री खाँण



काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले बलात्कारसम्बन्धि हिंसाले समाजमा विकृति ल्याएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै गृहमन्त्री खाँणले यौनजन्य हिंसामा २५ वर्षमुनिका युवाहरु संलग्न रहेको बताएका हुन् । बाँकेको सामुहिक बलात्कारको घटनाबारे जानकारी दिँदै खाँणले सामुहिक बलात्कारको घटनामा १६ देखि २५ बर्ष उमेर समुहका युवा संलग्न रहेको उल्लेख गरे ।

विद्यार्थीहरुलाई ओरियन्टेशन र शिक्षाको पाटो पाठ्यपुस्तकमा समेत जानकारीमुलक विषय थप्न आवश्यकता रहेको औंल्याए । उनले भने,‘म सरकारका तर्फबाट प्रतिवद्धता व्यक्त गर्न चाहान्छु ।’



प्रतिक्रिया दिनुहोस्