काठमाडौं, २४ जेठ । प्रदेश १ को समन्वय परिषद्को बैठकबाट ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत भएको छ ।
मंगलबार बसेको बैठकबाट नयाँ कार्यविधि पारित भएसँगै यस अघिको प्रदेश समन्वय परिषद् कार्यविधि २०७५ स्वतः खारेज भएको हो ।
बैठकको अध्यक्षता मुख्यमन्त्री राजेन्द्रकुमार राईले गरेका हुन् ।
प्रत्येक जिल्लाको एकजना जनप्रनिनिधि हुनेगरी आज मुख्यमन्त्री राईले १० जना मनोनित गरेका हुन् ।
मुख्यमन्त्री राईले प्रदेश समन्वय परिषद्मा विराटनगर महानगरपालिका, मोरङका प्रमुख नागेश कोइराला, सूर्योदय नगरपालिका, इलामका प्रमुख रनबहादुर राई, ऐसेलुखर्क गाउँपालिका, खोटाङका अध्यक्ष गिरेन्द्रबहादुर राई, साल्पासिलिछो गाउँपालिका, भोजपुरका अध्यक्ष दौलथकुमार कलुङ राई, खिजिदेम्बा गाउँपालिका, ओखलढुंगााका अध्यक्ष गम्बु शेर्पालाई आज मनोनित गरेका हुन् ।
त्यस्तै, उदयपुरगढी गाउँपालिका, उदयपुरका अध्यक्ष मानबहादुर केप्छाकी मगर, इटहरी उपमहानगरपालिका, सुनसरीकी उपप्रमुख संगीताकुमारी चौधरी, छथर जोरपाटी गाउँपालिका, धनकुटाकी उपाध्यक्ष गीता गुरुङ, फाल्गुनन्द गाउँपालिका, पाँचथरका उपाध्यक्ष सविता राई र मेरिङदेन गाउँपालिका, ताप्लेजुङका उपाध्यक्ष दुर्गाप्राद श्रेङचङवाङ सदस्य मनोनीत भएका छन् ।