Logo

हाम्रो पार्टीको निर्णय प्रधानमन्त्रीले नमान्ने भन्ने कुरै हुँदैन् : माधव नेपाल



काठमाडौं, २४ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीले सिफारिश गरेबमोजिम नयाँ मन्त्रीहरु छिट्टै नियुक्त हुने बताएका छन्।

पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार(आज) सप्तरी पुगेका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले समय मागेकाले नयाँ मन्त्रीहरुको सपथ केही दिन रोकिएको स्पष्ट पारे ।

उनले आफ्नो पार्टीले सचिवालयको बैठक राखेर यसबारे निर्णय गरेको र नयाँ मन्त्रीहरुको नाम पठाएपछि प्रधानमन्त्रीले नमान्ने कुरै नभएको बताए ।

उनले पार्टीले निर्णय गर्ने र प्रधानमन्त्रीले नमान्ने कुरा परिकल्पनाभन्दा बाहिरको कुरा भएको पनि टिप्पणी गरे ।

 



प्रतिक्रिया दिनुहोस्