Logo

सांसदहरुले उठाएको प्रश्नमाथि आज ११ जना मन्त्रीहरुले जवाफ दिने, आजै बजेट पारित



काठमाडौं, असार १ । संघीय संसद अन्तरगत आज बस्ने प्रतिनिधिसभाको बैठकमा बजेटबारे सांसदहरुले उठाएको प्रश्नमाथि आज ११ जना मन्त्रीहरुले जवाफ दिने भएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा अहिले बिहान ११ बजे बस्‍ने बैठकमा ११ जना मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार गृह, अर्थ, स्वास्थ्य, संघीय मामिला, ऊर्जा, पर्यटन, भौतिक पूर्वाधार, सहरी, उद्योग, कानुन र सञ्चार मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने छन् । आजको बैठकबाट आर्थिक वर्ष २०७९/८० को बजेट पारित गर्ने तयारी रहेको छ ।

यसअघि मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थ मन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै संसद् अवरोध गरेको थियो ।

आजको बैठकमा पनि अवरोध गर्ने एमालेको तयारी छ । आजको बैठकमा लुम्बिनी प्रेदशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री ओली प्रकरणले समेत चर्चा पाउने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्