Logo

लेनदेनको अडियो प्रकरणमा मुछिएका न्यायाधीश कोइरालाको दाबी-म बाट अनुचित कार्य भएको छैन



काठमाडौं, ८ असार । ठगी आरोपमा जेलमा रहेका व्यवसायी तथा पूर्व सभासद इच्छाराज तामाङलाई धरौटीमा छाड्न घुस लेनदेन गर्नेबारे काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्रप्रसाद पोखरेलबीचको अडियो बाहिरिएसँगै न्याय क्षेत्र तरंगित बनेको छ । अडिओ बाहिरिएसँगै न्यायाधीश राजकुमार कोइरालाले सो प्रकरणबारे मुख खोलेका छन् । उनले आफूबाट कुनै अनुचित कार्य नभएको पनि दाबी गरेका छन् ।

उनले फेशबुकमार्फत सो प्रकरणमा आफूबाट कुनै अनुचित कार्य नभएको जिकिर गरेका हुन् । उनले लेखेका छन्–”मबारे आज आएको समाचार प्रति मेरो ध्यानाकर्षण भएको छ ।म बाट कुनै अनुचित कार्य भएको छैन ।बिभिन्न प्रभाव र दवावका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु । म माथि न्याय परिषदबाट छानबीन होस् तथा सहयोग गर्ने पुर्ण प्रतिबद्धता वयक्त गर्दछु ।”



प्रतिक्रिया दिनुहोस्