काठमाडौं, ९ असार । देशको समग्र बीमा उद्दोगको १८ देखि २० अर्ब धरापमा परेको छ । अर्थ मन्त्रालय, बिमा समिति र हिमालयन रीको कारणले यति ठूलो रकम धरापमा पर्न लागेको हो । देशमा एकातर्फ आर्थिक संकट गहिरिदै गर्दा विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदाको बेलाका नीतिले बिमा उद्दोगको ठूलो रकम धरापमा परेको हो ।
पुर्नबीमा बापत्को १८ देखि २० अर्ब विदेशबाट आउनुपर्ने रकम नै धरापमा परेको हो । हिमालयन रीलाई लाइसेन्स दिएर उसको अनुकूलका नीति बनाइदिएर बाहिरबाट आउनुपर्ने रकम धरापमा पार्ने काम ओली सरकारकै पालामा भएको हो । यसको असर अहिले बीमा क्षेत्रमा मात्र नभई शेयर बजारमा समेत देखनिथालेको छ । यसलाई पद्धतिगत असफलताका रुपमा लिन थालिएको छ ।
कोरोना भाइरससम्बन्धी बिमा ओली सरकारको पालामा भएको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको गैरजिम्मेवारीपनका कारण ११ अर्बको दायित्व त्यसमा पनि थपिएको छ । स्वास्थ्य बिमा नै अस्पतालहरुले बन्द गरेका छन् । स्वास्थ्यसम्बन्धी कतिपय बिमाको सर्वसाधारणले पैसा पाएका छैन । यसरी बिमाको पैसा नआउने र कठिनाईका साथ आउने भएबाट बीमा कम्पनीहरुमाथि मर्जरको दबाब बढिसकेको छ । बिमा कम्पनीहरुको समस्याका कारण शेयर बजारमा समस्या आइरहको छ । नेप्से तल झरेको छ ।
हिमालय री इन्स्योरेन्सको मात्र हितका लागि नीति नियम त बनाइएको छ त्यसले समग्र बिमा क्षेत्र नै संकटमा पर्न सक्ने देखिन्छ । हिमालयन रि इन्स्योरेन्स केही शक्तिशाली मारवाडी समुदायका व्यवसायीहरु सञ्चाल रहेको कम्पनी हो । संस्थापक शेयरधनीहरुमा ४४ वटा निजी फर्म समेत गरी १०६ जना रहेका छन् । केही व्यक्तिहरुले आफ्ना भएजतिका सबै निजी फर्म मार्फत् लगानी गरेका छन् ।
७ अर्ब पूँजीको कम्पनीमा हंशराज हुलास चन्दको २० करोडका अलावा साहिल अग्रवालको जगदम्बाको तर्फबाट २२ करोड, जगदम्बा मोटर्सको ३२ करोड, किर्ति एपेक्स, बंडर भेन्चर्स, उज्जीवन मर्चेन्ट, अजन्ता होल्डिङका तर्फबाट १० १० करोड, कारबी ग्लोबल, अटल क्यापिटल, एकोर्ड क्यापफिन र कालिका फिनकोर्फका तर्फबाट साँढे १३ साँढे १३ करोड लगानी रहेको छ । रोहित गुप्ताले विभिन्न कम्पनीबाट १० करोड लगानी गरेका छन् । सञ्चालकमा संस्थापक अध्यक्ष शेखर गोल्छा, साहिल अग्रवाल, अमित मोर र रोहित मोर छन् ।
यसैगरी, हिमालयन रीले हायात होटलमा ककटेल पार्टी नै गरेको थियो । अर्थ मन्त्रालयका उच्च अधिकारी, बिमा समितिका अधिकारी, विभिन्न इन्स्योरेन्स कम्पनीका व्यक्तिहरुलाई डाकेर शक्ति देखाएको थियो । अब आइपीओ खोलेर सेयरमा चलखेल गर्ने गरी तयारी देखिएको छ । यसमा अवरोध आएपनि हटाउने गरी चलखेल देखिएको छ ।