Logo

नेपाल भ्यालुयर्स एसोसिएसनको ११ सदस्यीय प्रादेशिक कमिटी चयन



जनकपुरधाम, असार ९ । नेपाल भ्यालुयर्स एसोसिएसनको मधेश प्रदेश अधिवेशनले ११ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । ई. दिल्लीप कुमार श्रीवास्तवको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो ।

यसैगरी, कमिटीको वरिष्ठ उपाध्यक्षमा ई.मुन्नाकुमार सर्राफ, उपाध्यक्षमा ई. अनिलकुमार साह, सचिवमा ई.हेमशंकर अरगरिया, सहसचविमा ई.विनोद श्रेष्ठ र कोषाध्यक्षमा ई.पवन महासेठ चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा ई. शिवकुमार यादव, ई. आत्माराम, ई. शेष एसनुल हक, ई. लक्ष्मण ढकाल र ई. शिवप्रसाद साहलाई चयन गरिएको छ ।

ई. दिल्लीप कुमार श्रीवास्तव र ई. मुन्नाकुमार सर्राफको अध्यक्षतामा भएको अधिवेशनको केन्द्रीय अध्यक्ष ई.ऋषि कोइराला प्रमुख अतिथि थिए भने ईन्जिनियरहरु संजय महतो, रंजित झा र सफल कुमार साहको पनि अधिवेशनमा उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्