Logo

रवि लामिछाने र रमेश खरेलबीच भेटवार्ता, सहकार्यको लागि दुवै जना सकारात्मक



काठमाडौं, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) बिहान भएको भेटवार्तामा राजनीतिक विषयमा कुराकानी भएको जनाईएको छ । दुई नेताबीचको भेटवार्ता राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले तस्विर सार्वजनिक गरेका छन् ।

उनले लामिछाने र खरेलबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको र दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको उल्लेख गरेका छन् । नयाँ पार्टी गठन गरेलगत्तै लामिछानेले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । उनले पार्टीमा आवद्ध हुन देशव्यापी रुपमा आह्वानसमेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्