Logo

एसले मन्त्रीबाट फिर्ता बोलाएका ४ नेता विद्रोहको तयारीमा



काठमाडौं, १३ असार । मन्त्रीबाट फिर्ता बोलाएपछि नेकपा एकीकृत समाजवादीका ४ पूर्वमन्त्री निकै असन्तुष्ट छन् । उनीहरु अध्यक्ष माधवकुमार नेपालविरुद्ध संगठित नभएका होइनन् । तर, विद्रोहका लागि संसदीय दलमा बहुमत नपुगेपछि ब्याक भए ।

१२ असारमा मन्त्रीबाट राजीनामा दिएर कसैले पत्रकार सम्मेलन गरेर आक्रोश र आँसु दुवै पोखे त कोही चुपचाप आफ्नो बाटो लागे । तर, उनीहरुले असन्तुष्टि आजको केन्द्रीय परिषद बैठकमा अनुपस्थित भएर देखाए ।

निवर्तमान मन्त्रीहरु प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किसान श्रेष्ठ काठमाडौंमा भएको बैठकमा अनुपस्थिति जनाएका हुन् । यसले नेकपा एसभित्र खैलाबैला मच्चिएको छ ।

प्रेम आले र रामकुमारी झाँक्री कुनैपनि बेला विद्रोहको तयारीमा छन् । विरोध खतिवडाको पनि असन्तुष्टि छ । किसान श्रेष्ठ नेकपा एकता अभियानमा भित्र भित्र लागिरहेका छन् । यसले कुनैपनि बेला नेकपा एसको आन्तरिक संरचनामा ठूलै कम्पन आउन सक्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्