Logo

यस्तो छ वामदेवले के राख्न लागेको पार्टीको नाम



काठमाडौं, असार १४। नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन्। गौतमले मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार गरेर गौतमले नेपाल कम्युनिष्ट पार्टी (राष्ट्रिय एकता अभियान) नामको पार्टी खोल्ने तयारी गरेका छन् ।

नेकपा विभाजित पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए। नेकपालाई पुर्नजिवित गर्ने प्रयासमा रहेका गौतम एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्न लागेका हुन्। प्रचार विभाग प्रमुख निमकान्त पाण्डेका अनुसार नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने चर्चा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्