Logo

प्रचण्डले आजको आवश्यकत्ता नै नबुझेको घनश्यामको आरोप, अब एमाले र माओवादीको बीऊ नउम्रने दाबी



काठमाडौं, १५ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता घनश्याम भुषालले आजको आवश्यकत्तालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नबुझेको टिप्पणी गरेका छन् । पार्टीको एक कार्यक्रममा प्रचण्डले एमालेमा आफूहरुले बीउ रोपेकोले अब विस्तारै उम्रने बताएका थिए । त्यसको जवाफ फर्काउँदै नेता भुषालले यस्तो टिप्पणी गरेका हुन् ।

आज (बुधबार) कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने–‘आज कमरेड प्रचण्डले भन्नुभएछ–हामीले एमालेमा बीऊ रोपेका छौं, हेर्नुहोला फल्छ भनेर। त्यो एउटा खास धारा उत्साहित र संगठित गर्नका लागि उहाँले जे भन्नुभएको छ, यसलाई सम्मान नै गर्नुपर्दछ, तर आजको आवश्यकतालाई उहाँले अझै बुझ्नुभएन। माओवादीको बीऊ, एमालेको बीऊ, समाजवादीको बीऊ अब यी बीऊहरू उम्रिँदैनन्।’

उनले आजपनि कम्युनिष्टहरुबीच एकताको आवश्यकत्ता रहेको बताए ।  उनले एकअर्कालाई गाली गरेर कम्युनिष्टहरूले राम्रो काम नगरेको पनि गुनासो पोखे । file photo

 



प्रतिक्रिया दिनुहोस्