काठमाडौं, असार १९ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले शनिबारको बैठकमा प्रस्तुत भएका एजण्डामाथी छलफल गर्न आजपनि केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ । पार्टी विधानको बारे जारी छलफलमा आज नेताहरुले आ–आफ्नो धारणा राख्ने तयारी रहको छ ।
बैठकमा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ । बैठकमा अगामी चुनावमा कुन दलसँग सहकार्य गर्ने भन्ने एजेण्डाका बारेमा पनि गम्भीर छलफल हुँदैछ ।