काठमाडौं, असार १९ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुने देखिएको छ ।
सक्रिय मनसुनी वायुको प्रभावका कारण आज प्रदेश नं १, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज देशका पहाडी भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै देशका तराई क्षेत्रका केहि स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज काठमाडौं उपत्यकामा मध्याहनसम्म भारी वर्षाको सम्भावना देखिएको छ ।