काठमाडौं, १९ असार । राहदानी विभागले अत्यन्त जरुरी परेमात्रै काठमाडौं आउन सेवाग्राहीलाई अनुरोध गरेको छ । विभागले आज एक सुचना जारी गर्दै उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० दिनदेखि १५ दिनसम्म राहदानी दिने व्यवस्था गरेको जानकारी दिएको हो ।
जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता प्रिन्ट गरी पठाउने व्यवस्था गरेको समेत बताएको विभागले उल्लेख गरेको छ ।
‘काठमाडौं उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० देखि १५ दिन भित्र राहदानी प्राप्त गर्ने सुनिश्चितता मिलाइएको छ, अत्यन्त जरुरी परेका सेवाग्राहीहरुले राहदानी विभागमा आवेदन गर्नुहुन र अन्य कम जरुरी हुनेले आफ्नो सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै सहज रुपमा राहदानी प्राप्त गर्न सकिने हुँदा सो सेवा लिनु हुन सेवाग्राहीमा अनुरोध छ ।’– विभागले सूचनामा लेखिएको छ ।