काठमाडौं, २१ असार । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आगामी असार २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेर बाकी रहेको शेयर मध्ये ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गर्ने जनाएको छ ।
कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गर्ने र बाँकी भएको २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
न्यूनतम १० कित्तादेखि अधिकतममा २१ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। आईपीओ खरिद गर्ने मिति छिटोमा साउन १ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा म्याद साउन ११ गतेसम्म लम्बिनेछ।