Logo

नेपाल भलिबल संघको पुर्ण बैठक साउनको पहिलो साता



काठमाडौं, २१ असार । नेपाल भलिबल संघको कार्यसमितिको पुर्ण बैठक आगामी साउन ५ गते बस्ने भएको छ ।

संघले आज एक विज्ञप्ती जारी गर्दै कार्य समितिको पुर्ण बैठक साउन ५ गते भक्तपुरमा हुने जानकारी दिएको हो ।

संघका महासचिव जितेन्द्रबहादुर चन्दका अनुसार बैठक भक्तपुर दरबारस्क्वारको ख्वापा छेन रेष्टुरेन्टमा बस्ने भएको हो ।

बैठकमा संघका पदाधिकारी, जिल्ला र प्रदेश अध्यक्षलाई बोलाइको छ । यस अघिको संघको बैठक पोखरामा बसेको थियो ।



प्रतिक्रिया दिनुहोस्