Logo

गल्ती स्वीकार्दै बालेनले बौद्ध धर्मगुरुलाई फिर्ता गरे मुकुट



काठमाडौं, २१ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले रियालिटी शो ‘नेपहपको श्रीपेच’ को मुकुट बौद्ध धर्मगुरुलाई फिर्ता गरेका छन् ।

र्याप गायनमा आधारित रियालिटी शो उक्त मुकुट बौद्ध धर्मालम्बीहरुको भावनामा ठेस पुर्याएको भन्दै चर्को विरोध भएपछि फिर्ता दिइएको हो ।

शो का निर्माता सुदीप पोखरेल हुन् भने निर्णायक साह थिए । साहले शनिबार सम्पन्न भएको शो मा विजेता भाइबर साइमनलाई पन्चबुद्धको आकृतिसहितको मुकुट लगाइदिएका थिए ।

बौद्ध धर्ममा यस्तो मुकुट बज्राचायको पुजामा अभिषेक पाएपछि गुरुहरुले शिष्यलाई प्रदान गर्ने परम्परा रहेको छ । रियालिटी शो मा मुकुट प्रयोग भएपछि सम्पदा अभियन्ता विरोधमा उत्रिएका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्